अमेरिकाको अस्पतालमा गोली चल्यो, चार जनाको मृत्यु

अमेरिकाको ओक्लाहोमाको तुल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालको क्याम्पसमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा चार जनाको मृत्यु भएको  छ ।एक साताअघि टेक्सासको एक विद्यालयमा भएको गोलीकाण्डलाई लिएर अमेरिकीहरू शोकमा डुबिरहेका बेला बुधबार फेरि गोलाबारी चलेको हो ।आक्रमणमा बन्दुकधारी पनि मारिएका छन् ।

उनी आफूलाई पनि गोली प्रहार गरे वा प्रहरी कारबाहीमा मारिए भन्ने बारेमा भने प्रष्ट भइसकेको छैन ।‘हामी सेन्ट फ्रान्सिस अस्पताल क्याम्पसमा गोलाबारी गर्ने व्यक्तिसहित ४ जनाको मृत्यु भएको पुष्टि गर्न सक्छौं । अधिकारीहरूले अझै भवन खाली गरिरहेका छन् ।  थप जानकारी आउन बाँकी छ’, तुल्सा प्रहरीले आफ्नो आधिकारिक अकाउन्टबाट खाताबाट ट्विट गरेको छ ।आक्रमणबारे प्रहरीले राष्ट्रपति जो बाइडेनलाई पनि जानकारी गराएको छ ।

बिज्ञापन