
काठमाडौं- विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवक्तामा प्रा.डा. कृष्णा पोखरेल नियुक्त भएकी छन्। प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले एनेस्थेसियोलोजी विभागकी प्राडा पोखरेललाई प्रवक्तामा नियुक्त गरेका हुन्।
त्यसैगरी, अस्पताल सेवालाई अझ बढी चुस्त र दुरुस्त बनाउन एकजना डेपुटी अस्पताल निर्देशक तथा दुई जना सहायक अस्पताल निर्देशकसमेत नियुक्त गरिएको छ। अस्पताल डेपुटी निर्देशकमा एनेस्थेसियोलोजी विभागका एसोसियट प्रोफेसर डा जगतनारायण प्रसादलाई नियुक्त गरिएको छ।अस्पताल सेवाअन्तर्गत वार्डहरु, ओटी र इमर्जेन्सी सेवाहरुको रेखदेख, सुपरिवेक्षण, विकास, विस्तार एवं सुव्यवस्थित संचालनका लागि सहायक अस्पताल निर्देशकमा सर्जरी विभागका एसोसिएट प्रोफेसर डा लोकेश शेखर जयसवाल र ओपीडी डेन्टल ओपीडी, ल्याब सेवाहरु र रेडियोलोजी सेवाहरुको रेखदेख, सुपरिवेक्षण, विकास, विस्तार एवं सुव्यवस्थित संचालनका लागि अर्का सहायक अस्पताल निर्देशकमा प्रोस्थोडोन्टिक्स विभागका एसिस्टेन्ट प्रोफेसर डाइन्द्र लिम्बुलाई नियुक्त गरिएको सहप्रवक्ता डा चुरामणी पोखरेलले जानकारी दिए।