नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार दोस्रो अभ्यास खेल खेल्दैछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि अमेरिका रहेकोनेपालले ह्युस्टन हरिकेन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपालले आज अभ्यास खेल राति ९ः१५ बजे  सुरु हुनेछ । यसअघि भएको खेलमा नेपाल नेपाली अल स्टार्ससँग नेपाल ४ विकेटको पराजित भएको थियो ।सिरिजको तयारी स्वरूप नेपाली टोलीले अभ्यास खेल खेलको हो ।  सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।  सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमान बीचको खेल जुन ९ मा हुनेछ ।