तोलामा ६ सय घट्यो सुन

काठमाडौं: नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ६ सयले घटेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरेको छ।तेजावी सुन प्रतितोलामा ९७ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।यस्तै, चाँदीको मूल्य पनि मंगलबार १५ रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बिज्ञापन