
काठमाडौं । विश्व खाद्य स्वच्छता दिवस आज (मंगलबार) ‘स्वच्छ सन्तुलित आहार स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ मनाइने भएको छ । हरेक दिन सर्वसाधारणले स्वच्छ सन्तुलित आहार उपभोग गर्न पाउन् भन्ने उद्देश्यले यो दिवश मनाउने गरिएको हो ।सरकारले सबैलाइ अर्गानिक खानेकुराको प्रत्याभूती गराउने भने पनि कागजमै सीमित भएको छ । बजार अनुगमन गरेको भनिए पनि उपभोक्ताले महसुस गरेका छैनन् । अखाद्य वस्तुको मिसावटसँगै महँगीको मारमा उपभोक्ता भएको पाइएको छ ।सन् २०१८ डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्र सङ्घको महासभाले जुन ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेअनुसार हरेक वर्षको जुन ७ तारिखमा दिवस मनाउने गरिएको छ ।