प्रहरी परिचालन गरेर काठमाडौंको फोहर लगिएपछि बञ्चरेडाँडामा तनाव

फोहर फाल्न नदिने भन्दै आन्दोलनमा उत्रिएका स्थानीयवासी र प्रहरीबीच मंगलवार झडप भएको हो । प्रहरीले संघर्ष समितिका ५ जनालाई नियन्त्रणमा लिएको छ । आन्दोलन गरिरहेका अन्यलाई पनि प्रहरीले नियन्त्रणमा लिएको स्थानीयवासीले बताएका छन् ।

नुवाकोट प्रहरीले भने अहिलेसम्म कसैलाई नियन्त्रण नलिएको जनाएको छ ।

बिज्ञापन

काठमाडौंको फोहर ल्याउन नदिन त्यहाँका स्थानीयले सडक अवरुद्ध पार्दै आएका छन् । अहिले त्यहाँको स्थिति तनावग्रस्त छ । स्थानीयवासीको अवरोधका कारण फोहर लगिएका गाडी गन्तव्यस्थलमा पुग्न सकेका छैनन् ।