
तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका–४ पावर हाउस स्थित रुवाखोलाको पुलबाट आज बिहान मिनी ट्रिपर खस्दा चालकको मृत्यु भएको छ।

मृत्यु हुने चालक तनहुँको म्याग्दे गाउँपालिका–६ मनपाङका ४७ वर्षीय राम बहादुर दमाई रहेका छन्।दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर स्थित मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान सवा ६ बजे मृत्यु भएको हो।
बिज्ञापन



मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ क ४४६९ नम्बरको टिपर आज बिहान साढे ४ बजे अनियन्त्रित भई पुलबाट अन्दाजी २० मिटर तल खोलामा खसेको थियो।
