बिना अनुमति पायल्सको उपचार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

अनुमति बिना पायल्सको उपचार गरेको आरोपमा प्रहरीले सुनसरी नगरपालिका–६ इँटहरीबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल घर भएका ३१ वर्षीय रनो तालुकदार छन् ।असार ६ मा उनलाई पक्राउ गरेर इलाजसम्बन्धी कसुरमा अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर  भीमबहादुर खड्काले बताए ।

नियामक निकायको अनुमति बिना आरोपीले ‘पायल्सको अपेशर तथा उपचार हुन्छ’ भनेर रकम लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।