अडिओ प्रकरणमा मुछिएका पोखरेलले मुख खोले, छानबिन गर्न मागसहित स्वनिलम्बनको घोषणा

काठमाडौं । अधिवक्ता रुद्र पोखरेलले न्यायाधीशसँगको आफ्नो भनिएको अडिओ छानबिन गर्न माग गरेका छन् ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता पोखरेलबीच ठगी आरोपी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन मोलमोलाइ गरिएको भनिएको अडिओ हिजो सार्वजनिक भएको थियो ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले उनले नेपाल बार र बार काउन्सिलबाट हुने छानबिनमा सहयोग गर्न तयार रहेको बताएका छन् ।‘हाललाई म नेवाएको सदस्यका हैसियतले कुनै पनि गतिविधिमा सहभागी नहुने गरी मैले स्वयं सदस्यता स्थगन गरेको छु र कानून व्यवसायिको हैसियतले कुनै पनि मुद्दाको बहस पैरवी तथा परामर्शमा सहभागी नहुने गरी स्वयंलाई निलम्बन गरेको छु’, मउपर भएको षड्यन्त्र उपर कानूनी उपचारको खोजीमा छु ।’

बिज्ञापन