काठमाडौं उपत्यकामा हालसम्म १२ जना बिरामीमा हैजा पुष्टि

काठमाडौं उपत्यकामा हालसम्म १२ जना बिरामीमा हैजाको पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हालसम्म १२ जनामा हैजा पुष्टि भएको  जानकारी दिए ।

पछिल्लो समय नैकापका बिरामीको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चरल रिपोर्ट पनि पोजेटिभ देखिएको छ । हैजा आशंका गरिएका पाटनका एक जना बिरामीको कल्चर रिर्पोट आउन बाँकी छ । निर्देशक डा. दासका अनुसार  अनुसार, बागबजार, डिल्लीबजार,  सानेपा, बालाजु, कपन र नैकपमा हैजा देखिएको छ ।

बिज्ञापन