पेट्रोल पम्पको काउन्टरबाट ५ लाख बढी चोरी गर्ने २ जना पक्राउ

उदयपुर । त्रियुगा नगरपालिका–३ स्थित उर्जा पेट्रोल पम्पको काउन्टरबाट ५ लाख ६१ हजार रुपैयाँ नगर चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षीय रोहित कार्की र २५ वर्षीय मनिस सिलवाल रहेका छन्। उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा उनीहरूको साथबाट नगद ५० हजार ७ सय रुपैयाँ सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।