
काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस उपसभापति धनराज गुरुङ ठूलो सडक दुर्घटनाबाट जोगिएका छन् ।उपसभापति गुरुङ चढेको कार अचानक सडकको बायाँ किनारबाट तल खस्न लागेको बेला ढुंगाको ओट लागेर सडकमै रोकिएको छ ।सामाजिक संजाल ट्वीटरमा केही समयअघि पोष्ट गर्दै उपसभापति गुरुङ रामेछाप जिल्लाको गोगनेमा उनी चढेको बा १९ च १८३९ नम्बरको स्कार्पियो कार अचानक सडक किनारबाट तल गएको तर अगाडि ढुंगाको ओट लाग्न पुगेकोले ठूलो दुर्घटना हुनबाट जोगिएको जानकारी दिएका छन् । उनले भगवानको कृपाले सबै सकुसल रहेको पनि बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ठुलो घट्ना हुनबाट जोगियो ! रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकोले ठुलो घट्ना हुनबाट जोगियो । भगवानको कृपाले हामी सबै सकुसल छौं ।’