
काठमाडौं । कैलालीको कैलारी गाउँपालिकामा पौडी खेल्ने क्रममा बेपत्ता ११ वर्षीय बालकको शव दुई दिनपछि भेटिएको छ ।धनगढी उपमहानगरपालिका– १९ स्थायी घर भएका निखिल विक मामाघर गएका बेला पौडी खेल्ने क्रममा असार १५ गते बेपत्ता भएका थिए ।
हराएको ठाउँभन्दा करिब ८०० मिटर पर गौकन्द्री खोला किनारमा बालकको शव भेटिएको कैलाली प्रहरीले जनाएको छ ।