
काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रका प्रमुख अनिलकुमार झालाई कालोमोसो दलेर दुर्व्यवहार गरिएको घटनाको जिम्मेवारी नेत्रविक्रम चन्द ‘विप्लव’ निकटको विद्यार्थी संगठनले लिएको छ ।विप्लव नेतृत्वको नेकपानिकट अनेरास्ववियू (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र विकले घटनाको जिम्मा लिएका छ्न । उनले समयमा विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध नगराएकाले आफूहरूले कारबाहीस्वरूप झालाई कालोमोसो दलेको नेपाल प्रेसलाई बताए ।
आज दिउँसो चारजनाको समूहमा सानोठिमिस्थित कार्यालय पुगेका युवाहरूले झामाथि दुर्व्यवहार गरेका थिए ।प्रहरीले किताबको व्यापारी हौँ भन्दै उनीहरू कार्यालय परिसरमा पसेर दुर्व्यवहार गरेको बताएको छ ।