भारतमा पछिल्लो २४ घण्टामा २७ हजार सङ्क्रमित थपिए

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका छन् । पछिल्लो चरणमा एक दिनमा ३० हजारभन्दा कम सङ्क्रमित भएको यो चौथो दिन हो ।  केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा कोरोनाका कारण २८४ जनाको मृत्यु भएको छ ।

कुल सङ्क्रमितमध्ये १५ हजार ८७६ जना केरला प्रदेशका मात्रै रहेका छन् । त्यसैगरी केरलामा मृत्यु भएकाहरुको सङ्ख्या १२९ रहेको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म देशभर कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३३ लाख १६ हजार ७५५ रहेको छ । तीमध्ये तीन करोड २५ लाख २२ हजार १७१ जना सङ्क्रमणमुक्त भएका छन् ।