
काठमाडौं । साझा यातायातले आजदेखि तीन वटा नयाँ बिजुली बस सञ्चालनमा ल्याएको छ । चीनबाट नेपाल ल्याइएको बस आजबाट सञ्चालनमा आएको हो ।चीनबाट पहिलो चरणमा आएका यी ३ बस परीक्षणपश्चात आजदेखि सेवा सुरु गरिएको हो ।
चिनियाँ कम्पनी नानजिङस्थित सीएचटीसीएचओले निर्माण गरेको विद्युतीय बस हो । साझाले आगामी दिनमा ३७ वटा बस सञ्चालन गर्ने बताएको छ ।सञ्चालनमा आएका बसको मूल्य एक करोड ५० लाख रुपैयाँ रहेको छ । सो बसको सीट क्षमता ४० रहेको छ । काठमाडौं उपत्यकापछि साझाले प्रदेशमा पनि बस सञ्चालन गरिने बताएको छ ।