३२ एसपीको एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं। नेपाल प्रहरीका ३२ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ। बढुवा समितिको आज बसेको बैठकले जनपद प्रहरीतर्फका ३२ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो।

प्रहरी महानिरीक्षक अध्यक्षताको बढुवा समितिको बैठकले प्रहरी नियमावली २०७१ को नियम २४ को उपनियम ४ बमोजिम बढुवाको निर्णय गरेको हो।

बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द रहेका छन् ।

यस्तै दोस्रो नम्बरमा सिद्धिविक्रम शाह, तेस्रोमा सुशीलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुरबेदी र पाँचौ नम्बरमा दानबहादुर कार्की रहेका छन् भने ३२औं नम्बरमा सिफारिस हुनेमा शारदाप्रसाद चौधरी रहेका छन्।

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा बर्खास्तीमा परेर पुनर्बहाली भएका एसपी डिल्लीराज बिष्ट पनि एसएसपी बढुवाको सूचीमा छन् । उनी १८औं नम्बरमा सिफारिसमा परेका हुन्। निर्मला बलात्कार तथा हत्या प्रकरणमा उनी बर्खास्तीमा परेका थिए ।

यी हुन बढुवाको सिफारिसमा परेका ३२ जना एसपी :