गौरीगंजमा हुलाकी सडक बन्ने बित्तिकै भासियो

गौरीगंज/ दक्षिणी क्षेत्रबाट झापा माेरङ जाेड्ने निर्माणाधिन हुलाकी सडक ठाउँ ठाउँमा भास्सिन थालेको छ। सडक निर्माणका क्रममा गुणस्तरीय काम नगर्दा गरिएकाे कालाेपत्र बर्षादमा पानी पर्न साथ सडक भासिन थालेकाे छ।सडक निर्माणकार्य सम्पन्न नहुदै गौरीगंज गाउँपालिका वडा नं ५ काे रामचन्द्रे पुल पुर्व कालोपत्रे सडक चिराचिरा परेर भास्सिएको हो ।

भर्खरै निर्माण गरि कालाेपत्र गरिएकाे सडक भासिदा एकातिर सरकारकाे लगानी डुबेकाे छ भने अर्काेतिर यात्रीहरुमा दुर्घटनाको जाेखिम बढेकाे छ।ठेकेदारले गुणस्तरीय काम नगर्दा राज्यलाई थप बिहेभार थपिएकाे छभने ठेकेदारले पनि दाेहाेराे काम गर्नुपर्ने हुन्छ। रामचन्द्रे पुल निर्माण गर्दा पुलका ठेकेदारले कमसल काम गर्दा त्यसकाे असर सडकमा परेकाे स्थानीय बासिन्दाकाे भनाइ छ।

बिज्ञापन

सडकमा रामचन्द्रे पुल निर्माणका क्रममा ठेकेदारले लापरबाही गरेकाे स्थानीयहरुले बताएका छन् ।पुल निर्माणका समयमा पुलकाे दुबै छेउमा पँखा गुणस्तरीय नबनाएको र तारजाली गरेर माटो भर्ने समयमा कपडा राख्नुपर्ने मा कपडा नराखेको कुरा स्थानीय युवा अशोक ताजपुरियाले बताए । पुलकाे पँखा राख्ने र माटाे भर्ने समयमा ओभरसियर र स्थानीयहरु बिच बिबाद भएको थियाे।

बिबादका बिच ठेकेदारले आफुखुसी गुणस्तर हिन काम गर्दा पानी परेर खाेला बढ्न साथ पुल छेउमा सडक चिरापरेर भासिएकाे छ। हुलाकी सडक ठेकेदारले पनि पुलकाे आसपासमा लापरबाही गरेर सडक निर्माण गर्दा सडक भास्सिएको स्थानीय युवा अशोक ताजपुरिया बताउँछन्।यस अघि गौरीगंज गाउँपालिका वडा नं १ काे बनियानी पुल पश्चिम हुलाकी राजमार्ग भासिएको थियो। गाउँपालिका वडा नं २ काे किस्नी खोला पुर्वमा पनि बर्षाद सुरु हुनासाथ सडक पेटी भासिएकाे छ।

भरखरै निर्माण भएकाे कालोपत्रे सडक लगातारकाे बर्षाका कारण सडकाे किनार भास्सिएको छ। हुलाकी सडक निर्देशनालय मार्फत ठेक्का लागि निर्माणाधीन रहेकोमा सम्पन्न भएको देखिएपनि हस्तान्तरण नभएको वडा नं ३ का वडाध्यक्ष श्रवण गिरी बताउछन् । बर्षाका कारण हुलाकी सडकको विभिन्न स्थानमा क्षति भएकाले केही दिन अघि गौरीगञ्ज गाउँपालिकाको कार्यपालिका बैठकले सडक मर्मतका लागि सँबन्धित निकायमा पहल गर्ने निर्णय गरेको थियो।

गौरीगंज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवरले हुलाकी सडक निर्माण गरिएपनि बर्षाद सुरु हुनसाथ सडक बिग्रिन थालेकाले सडक मर्मतकालागि गाउँपालिकाकाे कार्यपालिका बैठकले निर्णय गरि सम्बन्धित निकायमा पत्राचार गरेकाे बताइन।