यमबुद्धको सालिक बनाउने निर्णय स्वागतयोग्यः विष्णु पौडेल

काठमाडौं । हिपहप गायक यमबुद्धको सालिक निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय विवादित बनिरहेका बेला एमालेका एक शीर्ष नेताले यो निर्णयको बचाउ गरेका छन् । उपाध्यक्ष विष्णु पौडेलले यमबुद्धको सालिक बनाउने महानगरपालिकाको निर्णय स्वागतयोग्य भएको बताएका हुन् ।पौडेलले आज एक ट्विट गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गर्ने प्रणाली भएको उनको भनाइ छ ।‘तसर्थ नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यमबुद्धको प्रतिमा (सालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ’, उनले लेखेका छन् ।काठमाडौं महानगरपालिकाको बजेटमा यमबुद्धको सालिक निर्माणका लागि २५ लाख छुट्याएपछि तीव्र विवाद भएको थियो । आलोचनापछि साहले आफ्नै तलबबाट सालिक बनाउने बताएका छन् ।

बिज्ञापन