
महोत्तरीमा जेलबाट रिहा भएको १ महिनामा भतिजाले काकाको हत्या गरेका छन् । पिपरा गाउँपालिका–५ बस्ने ५६ वर्षीय रामबहादुर दासको हत्या गरेको आरोपमा उनका भतिज ४५ वर्षका रामनाथ दासलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो बगैँचामा बसिरहेका रामबहादुरलाई कोदालोले हिर्काएर रामनाथले हत्या गरेको अनुसन्धानबाट थाहा भएको महोत्तरीका एसपी कृष्ण पंगेनीले रातोपाटीलाई बताए । एसपी पंगेनीले अनुसार रामनाथ यसअघि कर्तव्य ज्यान मुद्दामा ७ वर्ष जेल बसेर निस्केका हुन् ।
बिज्ञापन



पिपरा गाउँपालिका–५ स्थित सहोडवा र एकरैया जाने बाटोको बगैँचामा भएको हत्यामा रामनाथको घरको कोदालो प्रयोग भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यामा प्रयोग भएको कोदाले प्रहरीले बरामद गरेको छ ।
