नागरिकता विधेयक पास गर्ने तयारी, नागरिकता विधेयक बाहेकका विषय संसदको कार्यसूचीबाट हटाइयो

काठमाडौं।  संसदबाट आज नागरिकता विधेयक पास गर्ने तयारी गरिएको छ । नागरिकता विधेयक बाहेकका विषय संसदको कार्यसूचीबाट हटाइएको छ । योसँगै नागरिकता विधेयक पास गर्ने सत्ता गठबन्धनको तयारी रहेको देखिएको छ ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदको सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।

बिज्ञापन

संसद बैठक केहीबेर अघिबाट सुरु भएको छ ।  सरकारले नागरिकता विधेयक संसद बैठकबाट फास्ट ट्र्याकमा पारित गर्ने तयारी गरेको छ ।