स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले गर्यो गछियामा सरसफाइ कार्यक्रम

दमक । स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाको अगुवाइमा आज गछिया बजार एरियामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वडा अध्यक्ष भुबन सिंह मगर, स्थानिय टोल बिकास संस्था सहित वडा नं ३, ४, ५ र ६ बाटपनि शुभेच्छुकहरूको समेत उपस्थिति रहेको थियो ।

बिज्ञापन

यस्ता सरसफाइ तथा अन्य सामाजिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने र आफ्नो टोल गाउँ सफा राख्न सम्पूर्ण नेपालीहरुलाई प्रेरित गर्ने स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाका संयोजक चिरञ्जीवी शिवाकोटीले बताउनु भयो । आगामी साउन १४ गते शनिबार बेलगाछी मार्ग सरसफाईको कार्यक्रम रहेको समेत शिवाकोटीले जानकारी गराउनु भयो । त्यस्तै वडा अध्यक्ष मगरले समाज सुधारको यस्ता कार्यक्रमहरु जसले गरेपनि आफ्नो उपस्थिति रहने र कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिनुभयो ।