नेपालले एक वर्षमा १९ खर्ब २० अर्बभन्दा बढीको वस्तु आयात गर्यो

काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७८र७९ मा विभिन्न देशबाट १९ खर्ब २० अर्बभन्दा बढीको वस्तुहरु आयात गरेको छ । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त रकम बराबरको वस्तु आयात गरेको भन्सार विभागले जनाएको छ ।

सो अवधिमा नेपालले कुल १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँको वस्तुहरु विभिन्न देशबाट निर्यात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

बिज्ञापन

अघिल्लो आर्थिक वर्ष २०७७र७८ को तुलनामा गत आर्थिक वर्ष २०७८र७९ मा नेपालको आयात व्यापार २४।७२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष नेपालले विभिन्न देशबाट १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार रुपैयाँको वस्तुहरु आयात गरेको थियो ।

अघिल्लो वर्षभन्दा गत वर्ष नेपालले ३ खर्ब ८० अर्ब ६१ करोड १२ लाख ८१ हजार रुपैयाँ बढीको वस्तु आयात गरेको देखिन्छ ।