अझै केही दिन बर्षा हुने,सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने

काठमाडौं- केहिदिन देखि जारी रहेको मनसुन शनिबार (आज)देखि अझै सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर हिजोअस्तीको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

मौसमविद कँडेलका अनुसार मनसुन सक्रिय भएकाले देशभरिकै आकाशमा बादल लागि हिजोअस्तिको भन्दा धेरै पानी पर्ने सम्भावना छ ।

उनका अनुसार केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भए पनि तर लगातार पानी पर्ने सम्भावना भने छैन । पानी धेरै पर्ने भएकाले सडक र हवाई यातायातमा पनि अवरोध आउन सक्ने कँडेलले बताइन ।

मौसममा सुधार नहुँदा दशैंका लागि घर जानेको यात्रा कष्टकर बन्न थालेको छ।