मोरङको बेलवारीमा सवारी दुर्घटना, १ जनाको मृत्यु

मोरङ।  मोरङको बेलवारी नगरपालिका ८ स्थित महेन्द्र राजमार्गमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बिहान ७ बजे पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ११ च २४५८ नम्बरको कार सडकमा रोकेर राखेको को १ ख ८००४ नम्बरको ट्रकमा अचानक ठोक्किदा कार चालक बेलवारी एक का २२ बर्षीय संदिप लामिछाने र कारमा सवार दमक ४ का १४ बर्षीय राजु बराईली घाईते भएका थिए ।

घाईते दुबै जनालाई उपचारको लागी बेलवारी अस्पताल पठाईएको र बराईलीलाई थप उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाएको थियो । बराईलीको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकोछ ।