
काठमाडौं / अर्थमन्त्रीमा जनार्दन शर्मा पुनः नियुक्ति भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन्।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति मार्फत जनाएका छन् ।
बिज्ञापन



आजै साँझ शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए। कर विज्ञ भन्दै नेपाल सरकारकै पूर्व नायब सुब्बालाई जेठ १४ को राति अर्थ मन्त्रालयमा प्रवेश गराएरै करका दरहरू हेरफेर गराएको आरोप लागेपछि उनले राजीनामा दिएका थिए।
