राज्यले दमन गरे त्यसको सशक्त प्रतिवाद गरिने विप्लव सचिवालय सदस्य बुढामगरको चेतावनी

काठमाण्डौं।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य सन्तोष बुढामगरले राज्यले तीन बुँदे सहमती उल्लंघन गर्न खोजेकाले त्यसबाट हुने क्षतिको भागिदार पनि राज्य नै हुनुपर्ने चेतावनी दिएका छन् । उनले राज्यले दमन गरे त्यसको सशक्त प्रतिवाद गरिने बताएका छन् । उनले एमसीसी, एसपीसी लगायत मुद्दामा प्रतिवाद गरेकाले देशी विदेशी प्रक्रियावादीले नेताहरुलाई सिध्याउन खोजेको बताएका छन् ।

ललितपुर जिल्ला अदालतले विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायत नेतालाई ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि सचिवालय सदस्य बुढामगरले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले राज्यले तीन बुँदे सहमती उल्लंघन गरेको पनि बताएका छन् ।

उनले तत्कालिन प्रधानमन्त्री केपी ओलीसँग तीन बुँदे सहमति गरेको भन्दै उहाँ सरकारबाट बाहिरिएपछि सरकारमा आएका प्रधानमन्त्री शेरबहादुर देउवासहित राज्यका सबै निकायलाई तीन बुँदे पालना गर्न बारम्बार आग्रह गरेका भएपनि उल्टै राज्यले हामीलाई पक्राउ पुर्जी जारी गरेर थुन्न खोज्दैछ । यो तीन बुँदे सहमतिको सरासर उलंघन हो, यसमा हाम्रो आपत्ति छ । राज्यले अशान्ति निम्त्याउन खोज्दै छ ।’