म्याग्दीमा पहिरोले घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु

म्याग्दी/  म्याग्दीमा पहिरोले घर बगाउँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । उनीहरु एकै परिवारका हुन्। म्याग्दी जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजन ढकालका अनुसार जिल्लाको मालिका गाउँपालिका–२ रुममा पहिरोले घर बगाउँदा ३८ वर्षीय घाम बहादुर विकसहित उनको परिवारका ५ जनाको मृत्यु भएको हो।

प्रहरी टोली भर्खरै घटनास्थल पुगेको छ’, प्रवक्ता ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार बेपत्ता ३ जनाको पनि शव भेटिएको छ । सोसँगै मृतकको संख्या ५ पुगेको हो।

बिज्ञापन

उनका अनुसार पहिरोमा परी ३८ वर्षीय घामबहादुर, उनका पत्नी ३५ वर्षीया राममाया विक, छोरा १५ वर्षीय नविन विक, अर्का छोरा १३ वर्षीय राजन विक र नाम नखुलेकी ५ वर्षीया छोरीको शव फेला परेको हो। यस्तै त्यही ठाउँमा पहिरोले अर्को घर पुर्दा २ जना घाइते भएका छन्। स्थानीय ६५ वर्षीय गोठे विक र उनकी पत्नीलाई उद्धार गरिएको छ।