
एजेन्सी। चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले सैन्य अभियान सुरु गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्विट गरेर सैन्य अभियान सुरु गरेको जानकारी दिएका छन् । चीनले ताइवानको सिमानाभन्दा १६ किलोमिटर मात्रै टाढाको समुद्री क्षेत्र वरपर सैन्य अभ्यास थालेको र पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरुमा समेत हुने जनाइएको छ ।



ताइवानले २७ वटा चिनियाँ लडाकु विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेको जनाएको छ । अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणको प्रतिक्रिया स्वरूप चीनले सैन्य अभ्यास घोषणा गरेको हो ।

चीनले यसअघि नै पेलोसीको भ्रमणलाई लिएर विरोध जनाएको थियो । यसैबीच जी–सेभेन देशहरुको समूहले चीनको सैन्य अभ्यास जायज नभएको टिप्पणी गरेका छन् ।