मंसिर ४ गते प्रदेश र संघीय निर्वाचन गर्ने सरकारको घोषणा

काठमाण्डौं। सरकारले प्रदेश र संघीय निर्वाचनको मिति घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रदेश र संघीय निर्वाचनको मिति घोषणा गरेको हो।

मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गरेको एक मन्त्रीले पुष्टि गरेका छन्।यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

बिज्ञापन