
काठमाण्डौं। नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेसँग तालमेलका लागि कुरा भएपनि मूल नेतृत्वका कारण चुनावी तालमेल सम्भव नभएको बताएका छन्।

नेता खनालले विभिन्न तरिकाले एमाले नेतासँग छलफल भएको भएपनि मूल नेतृत्वले वास्ता नगरेको बताए। उनले भने, मैले त धेरै प्रयास गरेको हो, तर ठूलो वाम पार्टी एमाले तयार भएन।
बिज्ञापन



उनले नेतृत्व तयार नभएको मात्र नभई कहिले देशद्रोही भन्ने कहिले बञ्चराको बिँड भन्ने गरेको उल्लेख गर्र्दै नेतृत्वका कारण तालमेल हुन नसकेको बताए ।

नेता खनालले अब पाँच दलीय गठबन्धनलाई बलियो बनाउन केन्द्रित भएको बताए । उनले वाम एकता असम्भव नरहे पनि यो चुनावका लागि हुने सम्भावना भने नदेखिएको बताए।