
रौतहटमा चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले शनिबार जिल्लाको गढीमाई नगरपालिका ९ बस्ने २२ वर्षीय होसनारायण यादवलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
जिल्लाको गरुडा नगरपालिका ४ पानी ट्याङ्की सडकमा यादवले चलाउँदै गरेको प्र.३–०२–१३ प. ३०९९ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले बताए । आरोपी यादवमाथि चोरी कसुर अन्तर्गत मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद थमाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।