
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकास्थित मान नदीमा नुहाउने क्रममा दुई बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बढैयाताल गाउँपालिका–४ का १२ वर्षीय आयुश तिरुवा र १३ वर्षीय गौरव भुजेल रहेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले बताए ।
बाँके र बर्दियाको सीमानामा रहेको सशस्त्र प्रहरी पोष्ट र स्थानीयबासीको सहयोगमा दुई बालकको शव उद्धार गरेको सप्रउ बुढामगरले जनाए ।मानखोलामा डुबेर बेपत्ता हुनासाथ खोजी गरिएको थियो । तिरुवाको घटनास्थलमा र भुजेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।