ह्रृदयदेखिको कामना यत्ति छ रवि लामिछाने निर्दोष सावित हुन् : रवीन्द्र मिश्र
काठमाडौं । साझा विवेकशिल पार्टीका संयोजक रवीन्द्र मिश्रले पत्रकार रवि लामिछाने निर्दोष सावित हुन भन्ने कामना गरेका छन् ।

 

बिज्ञापन

मिश्रले सामाजिक सञ्जालमा आफ्नो धरणा राख्दै दिनदुखीका आवाज बोलेर अनि तिनलाई सहयोग गरेर सम्मान कमाएका रवि लामिछानेमाथि लागेको आरोप गलत भएको सुन्न चाहेको बताएका छन् ।

 

उनले देशमा ५० हजारभन्दा बढी न्यून आयका विद्यार्थीलाई एक सय रुपैयाँमा पढाएर एसइईमा राम्रो नतिजा ल्याउन सफल समता स्कूलका संस्थापक उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेल र दिनदुखीका आवाज बोलेर अनि तिनलाई सहयोग गरेर सम्मान कमाएका रवि लामिछानेले एकै प्रकृतिका आरोप खेपिरहेको भन्दै जनताको पक्षमा काम गर्ने दुवै निर्दोष हुन भन्न चाहाना राखेको बताएका छन् ।

 

उनीहरू सबैले आफू निर्दोष भएको र दोषी भए कानून बमोजिम कारवाहीका लागि तयार भएको बताएको र छानविनमा सघाइरेहको भन्दै मिश्रले उनीहरूका नाम किटान गर्दै वितेर गएका दुबैको आत्माले चीर शान्ति पाओस् र परिवारले धैर्य धारण गर्ने शक्ति मिलोस भनेका छन् ।