पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्‍यु

काठमाडौं ।   पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोना संक्रमणका कारण एक जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९ सय ४९ जनाको परीक्षणमा ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ७ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ४३ जना र २ हजार एक सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ९१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

बिज्ञापन

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २ सय २१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय १७ जना संक्रमणमुक्त भएका छन् ।