माडीका सामुदायिक विद्यालय बन्द गर्न कर्मचारी परिषदको पत्र

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद माडी चितवनले नगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई पत्र लेखेर विद्यालय बन्द गर्न आग्रह गरेको छ ।

आफ्ना माग र अधिकार पूरा गराउन परिषदले सबै विद्यालयलाई पत्र नै लेखेर विद्यालय बन्द गर्न लगाएका छन् ।

कर्मचारी परिषदका जीवन देवकोटाको हस्ताक्षरमा पठाइएको पत्रमा भदौ १२ गतेदेखि १८ गतेसम्म विद्यालय बन्द गरेर आफ्नो आन्दोलनमा सहयोग पुर्‍याउन आग्रह गरिएको छ । परिषदले यो बीचमा देशभरका सामुदायिक विद्यालय बन्द गर्ने पूर्वघोषणा गरेकाले शैक्षिक आन्दोलनका लागि विद्यालय बन्द गरिदिन विज्ञप्तिमा आग्रह गरिएको छ ।

विज्ञप्तिमा माडीमा रहेका ७ सामुदायिक विद्यालयका लेखापालले हस्ताक्षर गरेका छन् ।