भारतमा बस दुर्घटना : ४ जना नेपालीको मृत्यु, २४ जना घाइते

काठमाडौं । रोकिराखेको बसलाई ट्रकले ठक्कर दिंदा भारतको बराबंकी जिल्लामा ४ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको छ।

रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक शनिबार बिहान ट्रकले ठक्कर दिएको थियो।

बिज्ञापन

टाइम्स अफ इन्डियाका अनुसार घाइतेको बाराबंकी जिल्ला अस्पताल र लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

गोवा जाँदै गर्दा युपी ९३ बि.टि ९९४४ नम्बरको डबल सिटे बसको टायर पन्चर भएपछि सडक छेउमा रोकेर चालकले टायर फेर्दै थिए। त्यसैबेला पछाडिबाट ट्रकले ठक्कर दिएको हो।
बसमा करिब ६० जना नेपाली मजदुर रहेको टाइम्स अफ इन्डियाले जनाएको छ।