फार्मेसी थपियो बिपी कोइराला क्यान्सर अस्पतालमा

 दमक /  चितवनकाे बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको चाप बढेपछि औषधि पसल थप गरिएको छ । याे भन्दा अघि २ वटा मात्र फार्मेसी सञ्चालनमा आएकाे अस्पतालले जनाएको छ ।

अस्पतालको डेकेयरमा नयाँ फार्मेसी शाखा विस्तार गरिएको अस्पतालका उपनिर्देशक डा उमेश नेपालले जानकारी दिएका छन्  । भर्ना नगरी केमो थेरापी चढाउनुपर्ने बिरामी ‘डेकेयर’मा आउने गर्दछन् । डेकेयरमा आउने बिरामीलाई औषधि किन्न असहज भएपछि शाखा विस्तार गरिएको  नेपालले भने।

बिज्ञापन

उनका अनुसार ‘ओपिडी’ फर्मेसीबाट बिमामार्फत् र नगदमा औषधि खरिद गर्ने व्यवस्था गरिएको छ,भने अन्तरङग भवनभित्र विपन्नसहित नगदमा चौबिसै घण्टा खुल्ला रहने गरी फार्मेसी सञ्चालनमा रहेको छ ।

डेकेयर फर्मेसीबाट विपन्नमार्फत् र नगदमा औषधि खरिद गर्न सकिने छ । भर्ना नभइकन केमो लगाउनेलाई लक्षित गरी सञ्चालन गरिएको यो फार्मेसी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहने उनले जानकारी दिएका हुन ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले भन्छन, बिरामीलाई औषधि किन्न पालो कुर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न फार्मेसीको नयाँ शाखा सञ्चालन गरिएको हाे । छिट्टै शल्यक्रिया कक्ष र सघन उपचार कक्षलाई सहज हुने गरी अर्को फार्मेसी सञ्चालन गर्ने तयारी रहेको समेत उनले बताए ।