चितुवाको आक्रमणबाट पाँच वर्षीय बालक मृत्यु

दमक / चितुवाको आक्रमणबाट कामिडाडामा पाँच वर्षीय उत्सव गुरुङको मृत्यु भएको छ।

बन्दिपुर–२ स्थित कुवादीकाे कामिडाडामा घरको आँगनमा खेली रहेका गुरुङलाई घर नजिकैको मकैबारीबाट आएको चितुवाले आक्रमण गर्दा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएकाे छ।

बिज्ञापन

चितुवालकाे आक्रमण पछि गम्भिर घाइते गुरुङलाई उपचारको लागि बन्दिपुर अस्पताल लगिएको र जाँचपछि उक्त अस्पतालले बालक गुरुङको मृत्यु भएको पुष्टि गरेको हो।