
दमक / बिहीबार बिहान चट्याङ लागेर कैलालीमा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको गौरीगंगा नगरपालिका–२ झिलका २६ वर्षीय उपेन्द्रबहादुर शाही रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएकाे छ।
बिज्ञापन



आज घर नजिकै हिँडिरहेको अवस्थामा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको इप्रका मालाखेतीका डिएसपी रणबहादुर चन्दले बताए।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।