
दमक। सुन र चाँदीको जलप लगाएका नक्कली गहनासहित इलाममा भारतका २ जना पक्राउ परेका छन् ।

आइतबार विशेष सूचनाको आधारमा इलामको सूर्योदय नगरपालिका–२ चारमाइलमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ३२ लाख ६९ हजार ५५७ रुपैयाँ बराबरकाे नक्कली गहनासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
बिज्ञापन



पक्राउ पर्नेमा भारतको हिमालचल प्रदेश घर बताउने ३८ वर्षीय अभिनास बोध र ३५ वर्षीय रवि कुमार रहेका छन्।

अनुसन्धानका क्रममा ती गहनामा सुन–चाँदीको जलप लगाएको पुष्टि भएको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानको लागि भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाइएको छ ।
Tags Used