मन्त्रीकै सल्लाहकारले गरे बलात्कार , अमेरिका पठाइदिने आश्वासन दिएर बलात्कार

युवती बलात्कारको अभियोगमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका सल्लाहकार अमृतकुमार घले पक्राउ परेका छन् ।

 

बिज्ञापन

एक युवतीलाई आफ्नै कोठामा राखेर बलात्कार गरेको अभियोगमा घले पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी होवीन्द्र बोगटीले जानकारी दिए ।

 

‘घलेले आफू शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका सल्लाहकार भएको भन्दै युवतीलाई अमेरिका पठाइदिने आश्वासन दिएर बलात्कार गरेको देखिन्छ, हामी थप अनुसन्धान गर्दै छौँ,’ बोगटीले भने ।

 

घलेले सिन्धुली घर भएकी किशोरीलाई गत माघमा ३ दिन कोठामा राखेर बलात्कार गरेका थिए । उनलाई युवतीको उजुरीपछि टोखाबाट काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।

 

घलेविरुद्ध अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी उद्योगमा मुद्दा चलाइएको बोगटीको भनाइ छ