प्रहरीद्वारा लकडाउन उल्लङ्घन गर्ने ३ सय ५० जना ‘होल्ड’

काठमाण्डौ – काठमाण्डौ उपत्यकाबाट शनिबार बिहानै लकडाउन उल्लङ्घन गर्ने ३ सय ५० जनालाई प्रहरीले होल्ड गरेको छ ।

 

बिज्ञापन

बिहान ७ बजेसम्ममा काठमाण्डौबाट २ सय ६१ जना र ललितपुरबाट ८९ जना गरी ३ सय ५० जनालाई होल्ड गरिएको प्रहरीले जनाएको छ । लकडाउनका बेला अत्यावश्यक बाहेकका कामका लागि निस्कन नपाइने भएकाले उनीहरुलाई होल्ड गरिएको प्रहरीले जनाएको छ ।

 

साधेपुछका क्रममा अत्यावश्यक कामका लागि निस्किएको पाइए छाड्ने पनि गरिएको छ । प्रहरीका अनुसार होल्ड गरिएका ८० वटा गाडी भने बेलुकीमात्रै छाडिने छ ।