कक्षा १२ को परीक्षा चरण-चरणमा , पहिलो चरणको परीक्षा दसैँअघि गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा चरण-चरणमा गर्ने तयारी गरेको छ ।

कोरोनाको असर नरहेको जिल्लामा पहिलो चरणमा परीक्षा गर्ने गरी बोर्डले प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ ।

बिज्ञापन

परिक्षा संचालनबारे विभिन्न विकल्पका विषयमा छलफल भइरहेको बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार सरकारले स्वीकृति दिए पहिलो चरणको परीक्षा दसैँअघि गर्ने तयारी बोर्डले गरेको छ ।

देशमा कोरोना सक्रमितको संख्या दिनप्रति बढिरहेको हुँदा आगामी दिनमा के हुन्छ भन्न सकिने अवस्था अहिले छैन् । तर, सरकारले स्वीकृति दियो भने दसैँअघि कोरोना प्रभाव नरहेको क्षेत्रमा परीक्षा गर्न सकिन्छ,’ उनले भने ।

१२ को परीक्षा गत ८ वैशाखका लागि तोकिएको थियो ।

कोरोना भाइरसका कारण स्थगित भएको १२ को परीक्षाका विषयमा सरकारले निर्णय गर्न सकेको छैन ।