यी पौरखी युवा जसले विदेशको मोह त्यागेर आफ्नै देशमा अवसर फूलाए

 

पुष्प आर जे

बिज्ञापन

झापा । “बाहुनले च्याउ खाओस् न च्याउको स्वाद जानोस्” कुनै बेलाको यो उखान अहिले पुरानो भईसकेकोछ ।

 

झापा धान मकै मात्र हैन च्याउमा पनि अगाडि छ । झापाको बिभिन्न भेगमा च्याउ उत्पादनमा कृषकहरुको उल्लेख्य सहभागी देखिन थालेको छ ।

 

केही बर्ष अगाडिसम्म बिदेशमा मात्र स्वाद लिन सकिने यस्ता च्याउ हिजोआज झापाका हरेक गाउँका घरहरुमा उत्पादन हुने गरेको पाईएको छ ।

 

गौरादह नगरपालिका ७ का युवा ३४ बर्षिय ईन्द्र कुमार न्यौपाने केही समय अगाडिसम्म बैदेशिक रोजगारीका सिलसिलामा दुबई थिए । आफ्नो उर्वर भूमि छोडेर बिदेशीएका न्यौपाने धेरै बर्ष बिदेशमा बस्न सकेनन् ।

 

 

उनि बिदेशबाट फर्किने बितिकै ५४ बर्षिय बुवा लिलाराज न्यौपानेले सुरु गरेको ‘कृति कृषा च्याउ उद्योग’ मा आफ्नो भबिष्य खोज्न थाले । परिवारका सबैजना मिलेर च्याउ खेतीमा राम्रौ अवसर पाईने थप सपना बुन्न थाले । २०७३ सालमा स्थापना गरेको च्याउ खेती अहिले आएर ठुलै उद्योगको रुपमा बिकास हुँदै गरेको देखिन्छ । घरमा खानको लागि मात्र भनेर १२ पोका कन्ये च्याउबाट सुरु गरेको च्याउ खेति अहिले उद्योगको रुपमा रहेको छ ।

 

केही लाई रोजगारी समेत दिन सफल हुनु भएका छन् । समान्य गाउँमा हुने कृषि तालिम मात्र लिएका छन् उनीहरुले । यदि लकडाउन नभएको भए बजारको समस्या नहुने थियो । बीचमा केही बिचौलियाले समस्या पारेपनि अहिले सामान्य रहेको जानकारी गराउँछन् न्यौपाने । च्याउ उत्पादनमा नभई नहुने बीउ र अन्य अन्य उत्पादन सामग्री घरसम्म ल्याउन महङ्गो भएको छ । अस्वस्थ प्रतिस्पर्धा अर्कोतिर रहेको छ ।

 

 

अहिले लकडाउनले गर्दा ३–३ महिनामा उत्पादन हुने च्याउको बीउ ल्याउन अझ समस्या रहेको छ । च्याउमा लाग्ने झापामा च्याउ उत्पादनमा युवाहरुको मोह भुसुना को दबाई निमको तेल अहिले पाउँन समस्या रहेको छ । जसले गर्दा उत्पादन घट्ने र नाफामा कमि आउँने समस्या रहेको छ ।

 

लकडाउनले गर्दा आफुले उत्पादन गरेको च्याउ बजार सम्म पु¥याउन सकेको छैन । केही मात्र भए पनि उपभोक्तको घर सम्म साईकलमा बेच्दै हिडेपनि कोरोनाको डरले उपभोक्त किन्न डराउने गरेका छन् ।

 

 

कति पटक मूल्य कम गरेर पनि बेच्न नखोजेका हैनन् न्यौपानेले। हुन त च्याउको सुकुटी महङ्गो मुल्यमा बिक्री हुने गरेको पनि छ । मौसमले साथ नदिँदा त्यो पनि सम्भावना नभएको बताउँछन् उनी ।

 

आधुनिक उपकरणको अभावमा च्याउ खाल्डोमा हाल्नुबाहेक अरु विकल्प छैन । उनी पकेट कार्यक्रम २०७५÷७६ मा आबद्ध भएका छन् । ३ बर्षे कार्यक्रममा यसपालि अनुदान सहयोगको लागि सम्झौता भईसकेको जनाउँछन् ।

 

हामीलाई छोटकरीमा च्याउ उत्पादन कसरी गर्ने भनी सोध्दा यसरी जानकारी दिन्छन्

 

–पराल कुटि काट्ने , भिजाउँने,तर्याउँने अनि बफ्याउँने ।

 

–बफ्याएको पराललाई निचोरेर सुकाउने । अनि पराल र बीउ खाध्दै सिलिन्डर पोका तैयार गर्ने । वरिपरि कटन खाद्नु खाध्ने । कटनले भेन्टिलेसनको काम गर्ने गर्छ ।

 

– ओस भएको चिसो ठाउँ चाहिन्छ । जहाँ हावा निरन्तर चलिरहेको हुनु पर्छ ।

 

– २८–३० दिनमा भित्र च्याउ उत्पादन हुने गर्दछ ।

 

च्याउ उत्पादनमा व्यवसायिक बनेर लागि पर्ने युवा कृषक ईन्द्र कुमार न्यौपाने जस्ता उर्जा्शिल कृषकहरु झापाको गौरादहमा उल्लेख्य भेटिन्छन्।

 

यसरी युवाहरुलाई सरकार बाट विभिन्न तालिम तथा सहयोग भए बिदेशीएका लाखौ युवाहरुले यहीँ माटोमा भबिस्य खोज्न सक्ने आम च्याउ कृषकहरुको भनाई छ । अहिले न्यौपानेबाट प्रभावित भएर छिमेकमा अन्य घरले पनि थोरै मात्र मा भए पनि च्याउ उत्पादन गर्ने गरेका छन् ।