असार २  गते पाँच हजार भन्दा पढी नेपाली कतारबाट ल्याइदै

काठमाडौं । कतारबाट पाँच हजारभन्दा बढी नेपालीलाई  स्वदेश ल्याइँने भएको छ । कतारमा समस्यामा परेका नेपालीहरु स्वदेश फर्काउन यही असार २ गतेदेखि सुरु गरिने भएको  छ ।

 

बिज्ञापन

कतारस्थित नेपाली दूतावासका अनुसार पहिलो उडान नेपाल एयरलाइन्समार्फत नेपालीहरु असार २ गतेदेखि स्वदेश फर्काउन सुरु गरिने भएको हो । दोस्रो उडान कतारबाट हिमालय एयरलाइन्सबाट १७ जुन (असार ३ गते) को लागि शुक्रबार तय भएको छ । साथै, तेस्रो उडान २० जुन (असार ६ गते) नेपाल एयरलाइन्स र चौथो उडान २२ जुन (असार ८ गते) गरी पहिलो ४ वटा उडानहरु तय भएको छ ।

 

कतारबाट पहिलो चरणमा स्वदेश फर्काउनेहरुको सूची दूतावासले हिँजो सार्वजनिक गरेको हो । दूतावासले सार्वजनिक गरेको सूचीअनुसार कतारबाट तत्काल स्वदेश फर्काउनुपर्नेहरुको संख्या पाँच हजार एक सय १४ रहेको छ । उक्त सूचीमध्ये पनि प्राथमिकताका साथ पहिलो उडानमार्फत विमानको क्षमता अनुसार स्वदेश ल्याइँने उल्लेख गरिएको छ ।

 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो मूल्यमा हेरफेर गरी कतारबाट नेपाल फर्कन ४५० अमेरिकी डलर अर्थात करिब ५४ हजार नेपाली रुपैयाँ कायम गरेको छ ।