
सुनसरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले समाचार संकलन गर्न पुगेका पत्रकारमाथि गरेका दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ सुनसरी शाखाले निन्दा गरेको छ । बुधबार कर्मचारी कुटपिट गरेको विषयमा समाचार संकलन गर्न कार्यालय परिसरमा पुगेका पत्रकार कृष्ण भट्टराई र विकल्प रेग्मीलगाएतलाई मेयर चौधरीले दुव्र्यवहार गरेका थिए ।

त्यस्तै पत्रकारहरुले प्रश्न गरेकै आधारमा मेयर चौधरीले देखाएको दुव्र्यवहारले पत्रकारहरुमाथि असुरक्षा समेत बढाएको महासंघको ठहर छ । त्यस्तै प्रेस स्वतन्त्रताको सम्मान गर्न नियमनकारी निकायसँग संविधानले सुनिश्चित गरेको अधिकारलाई निर्बाध तथा सुरक्षित रुपमा उपभोग गर्ने वातावरण निर्माण गर्न महासंघले माग गरेको छ ।
बिज्ञापन



