
काठमाण्डौ – प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बिहानै भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न प्रचण्ड बालुवाटार जानुभएको थियो । पार्टीभित्रको विवाद समाधानको लागि छलफललाई निरन्तरता दिन दुवै अध्यक्ष सहमत हुनुभएको ओलीको निजी सचिवालयले जनाएको छ ।
बिज्ञापन



सहमति खोज्नकै लागि पार्टी स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद कुनै हालतमा पनि नछोड्ने अडान लिनुभएको छ भने अर्का अध्यक्ष प्रचण्डले दुईमध्ये एक पद छोड्न सुझाव दिनुभएको छ ।

दुई अध्यक्षबीचको तनाव कम गरेर साझा धारणा बनाउन भन्दै विष्णु पौडेल, शंकर पोख्रेल, जनार्दन शर्मा र वर्षमान पुन सम्मिलित चार सदस्यीय अनौपचारिक कार्यदल गठन भएको छ ।