आज पूर्वराजाको ७४ ओेेेैँ जन्मदिन , देश संकटमा परेको कारण जन्मोत्सव नमनाइने

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आज ७४ औँ वर्षमा प्रवेश गरेका छन् । यस वर्ष पूर्व राजा शाहले जन्मदिन नमनाउने गत हप्ता एक सन्देश जारी गर्दै निर्णय गरेका छन् ।

 

बिज्ञापन

उनले राष्ट्रको यो विषम स्थितिलाई दृष्टिगत गरेर आफ्नो जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय गरेका हुन् । उनले सन्देशमा मुलुक अहिले कोरोनाबाट आक्रान्त रहेको उल्लेख गर्दै विदेशबाट फर्किने सबै नेपालीको श्रम, सिप र सामथ्र्यको सदुपयोग गरि आफ्नै देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाइनुपर्ने उल्लेख गरेका थिए ।

 

पुर्वराजा शाहको जन्मोत्सव भव्य रूपमा मनाउनका लागि कंचनपुरको महेन्द्रनगर, कैलालीको धनगढी , नेपालगन्ज ,बुटवल ,पोखरा ,काभ्रे ,झापा, पाल्पा काठमाडौ लगाएत देशभर दीप प्रज्वलन देखि मोटरसाइकल र्यालिसम्म गरिदैछ ।