बुटवलमा उपचाररत ४२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज बिहान कपिलवस्तुको मायादेवी गाउँपालिका–७ का ४२ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए ।

संक्रमित पुरुष तीन दिन अघि अस्पतालमा भर्ना भएका थिए । उनको आईसीयुमा राखेर उपचार भैरहेको थियो । कोरोना संक्रमणसँगै उनमा स्वास प्रस्वास सम्वन्धी समस्या समेत देखिएको थियो । संक्रमितको पहिलो पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । पुनः परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो ।

बिज्ञापन

यसअघि कपिलवस्तुका ४२ वर्षीय पुरुषको उपचारकै क्रममा बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा मृत्यु भएको थियो ।